
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । भारतमा कोरोना भाइरस ९कोभिड–१९० बाट संक्रमित हुनेको संख्या दुई लाख ६६ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा दुई लाख ६६ हजार ५९८ जना संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका नौ हजार ९८७ नयाँ संक्रमित फेला परेका हुन् ।
त्यस्तै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि सात हजार ४६६ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसको कारण ३३१ जनाको मृत्यु भएको थियो । भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका ८८ हजार ५२८ संक्रमित फेला परेका छन् भने तीन हजार १६९ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।
त्यस्तै तामिलनाडुमा अहिलेसम्म ३३ हजार २२९ संक्रमित फेला परेका छन् भने यो राज्यमा अहिलेसम्म २८६ जनाको मृत्यु भइसकेको छ । दिल्लीमा २९ हजार ९४३ जना संक्रमित भेटिँदा ८७४ जनाको मृत्यु भइसकेको छ । गुजरातमा २० हजार ५४५ संक्रमित फेला परिसकेका छन् भने एक हजार २८० जनाको मृत्यु भइसकेको छ ।
त्यस्तै उत्तर प्रदेशमा अहिलेसम्म १० हजार ९४७ संक्रमित फेला परेका छन् भने २८३ जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा आठ हजार ६१३ संक्रमित भेटिएका छन् भने ४०५ जनाको मृत्यु भइसकेको छ । बिहारमा पाँच हजार २०२ संक्रमित फेला परेका छन् भने ३१ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसका एक लाख २९ हजार २१५ संक्रमित निको भएर घर फर्किसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्