Skip to content
LAXMI SUNRISE BANK

भारतमा कोरोना संक्रमितको संख्या २ लाख नजिक, एकैदिन थपिए आठ हजार बढी संक्रमित, मृत्यु हुनेको संख्या कति ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक लाख ९० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक लाख ९० हजार पाँच सय ३५ पुगेको हो । पछिल्लो २४ घण्टामा मात्र भारतमा आठ हजार तीन सय ९२ नयाँ संक्रमित थपिएका छन् ।
यस्तै अहिलेसम्म भारतमा कोरोनाबाट पाँच हजार तीन सय ९४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट दुई सय ३० जनाको मृत्यु भएको हो । भारतको महाराष्ट्रमा ६७ हजारभन्दा बढी मानिसमा कोरोना संक्रमण देखिँदा दुई हजार दुई सय ८६ जनाको मृत्यु भइसकेको छ । यस्तै तामिलनाडुमा २२ हजारभन्दा बढीमा संक्रमण देखिएको छ भने एक सय ७३ जनाको मृत्यु भइसकेको छ।
दिल्लीमा पनि १९ हजारभन्दा बढी मानिसमा यसको संक्रमण देखिँदा चार सय ७३ जनाको मृत्यु भएको छ। गुजरातमा १६ हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिँदा एक हजार ३८ जनाको मृत्यु भएको छ। पश्चिम बंगालमा पाँच हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिँदा तीन सय १७ जनाको मृत्यु भइसकेको छ । उत्तर प्रदेशमा सात हजारभन्दा बढीमा संक्रमण देखिँदा दुई सय १३ जनाको मृत्यु भएको छ । बिहारमा तीन हजार आठ सयभन्दा संक्रमित छन् भने २१ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसका करिब ९२ हजार संक्रमित निको भइसकेका छन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK