×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबारसम्म ४ लाख ५१ हजार बढीले गरे कोरोना बीमा, बीमा कम्पनीहरुद्वारा २४ करोड ८९ लाख बीमा शुल्क आर्जन !

PRIME CA
GLOBAL IME BANK

मंगलबारसम्म ४ लाख ५१ हजार बढीले गरे कोरोना बीमा, बीमा कम्पनीहरुद्वारा २४ करोड ८९ लाख बीमा शुल्क आर्जन !

३ असार २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कोरोना बीमा गर्नेको संख्यामा निकै वृद्धि भएको छ । हालसम्म  कोरोना बीमा गर्नेको संख्या साढे ४ लाख नाघेको छ । बीमा समितिको पछिल्लो तथ्यांक अनुसार मंगलबारसम्ममा कोरोना बीमा गर्नेको संख्या साढे ४ लाख नाघेको हो । 
मंगलबारसम्म २० निर्जीवन बीमा कम्पनीहरुले ४१ हजार ४६८ बीमालेखमार्फत ४ लाख ५१ हजार ९१८ जनालाई कोरोना बीमामा समेटेका हुन् । जसबाट बीमा कम्पनीहरुले २४ करोड ८९ लाख २४ हजार ८६९ रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । पछिल्लो समय कोरोना बीमा गराउनेको संख्या ह्वात्तै बढेको छ । कोरोनाले पुर्याउने क्षतिलाई ध्यानमा राख्दै बीमा समितिले उक्त बीमा पोलिसी ल्याएको थियो । कोरोना बीमा गराउनेको संख्या मात्रै नभएर अहिले कोरोना भाइरसको संक्रमण पनि बढिरहेको छ । जसकारण मनिसहरु यस बीमा पोलिसीप्रति आकर्षित भएका छन् ।
निर्जीवन बीमा कम्पनीहरुले बीमा समितिको निर्देशन अनुसार वैशाख ७ गतेदेखि कोरोना बीमालेख बिक्री शुरु गरेका थिए । यसबीचमा निर्जीवन बीमा कम्पनीहरुले दायित्व बहन गर्न नसकिने भन्दै उक्त बीमालाई रोकेका थिए । तर सरकारले कोरोना बीमामा साथ दिने भएपछी पुनः सुचारु गरिएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: