×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

४ लाख २५ हजारले गराए कोरोना बीमा, ४ जनामा कोरोना संक्रमण पुष्टी, १ जनाले पाए दाबी भुक्तानी !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कोरोना बीमा गर्नेको संख्या ४ लाख २५ हजार नाघेको छ । आज (शुक्रबार) सम्म यो संख्या ४ लाख २५ हजार ३२२ पुगेको हो । कोरोना बीमा गराएवापत बीमा कम्पनीहरुले २३ करोड ३३ लाख ३८ हजार रुपैयाँ बिमा शुल्क संकलन गरेको निर्जिवन बीमक संघका महासचिव चंकी क्षेत्रीले जानकारी दिए । 
पछिल्लो समय कोरोना बीमा गराउनेको संख्या ह्वात्तै बढेको छ । कोरोनाले पुर्याउने क्षतिलाई ध्यानमा राख्दै बीमा समितिले उक्त बीमा पोलिसी ल्याएको थियो । कोरोना बीमा गराउनेको संख्या मात्रै नभएर अहिले कोरोना भाइरसको संक्रमण पनि बढिरहेको छ । जसकारण मनिसहरु यस बीमा पोलिसीप्रति आकर्षित भएका छन् ।  
यस्तै अहिलेसम्म कोरोना बीमा गराएकामध्ये ४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने कृषि विकास बैंकमा कार्यरत एक कर्मचारीले भने उक्त बीमावापतको रकम समेत पाएका छन् । उनलाई नेको इन्स्योरेन्सले एक लाख रुपैयाँ भुक्तानी दिएको हो । कोरोना बीमा अवधि एक वर्ष हुनेछ । बिमा गरेका कसैलाई १५ दिनपछि पीसीआर विधिबाट गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको अवस्थामा बिमांक रकम पाइने व्यवस्था छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: