×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कोरोना संक्रमित बढेसँगै आत्तिए बीमा कम्पनीहरु, कोरोना बीमा पोलिसी स्थगित गर्ने सहमति !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कोरोना बीमा पोलिसी स्थगित गरिने भएको छ । कोरोना भाइरसको माहामारीलाइ ध्यानमा राख्दै ल्याइएको उक्त पोलिसी माहामारीकैबीच स्थगित गरिने भएको हो । नियामक बीमा समिती र नेपाल बीमक संघबीचमा भएको छलफलपछि कोरोना बीमा स्थगित गर्ने सहमति भएको हो । 
समिती र नेपाल बीमक संघबीच भोलि शुक्रबारदेखि कोरोना बीमा पोलिसी स्थगित गर्ने सहमति भएको बुझिएको छ । यद्यपि सो बीमा पोलिसी भोलिबाटै स्थगित गर्ने सहमति भएपनि बीमा समितिले औपचारिक निर्णय भने गरेको छैन । सो सम्बन्धि समितिमा छलफल भइरहेको छ । 
कोरोना बीमाको जोखिम बहन गर्न नसकिने भन्दै समिती र बीमा कम्पनीहरु पन्छिन लागेका हुन् । समितले कोरोना बीमा पोलिसी बैशाख १४ गतेदेखि संचालनमा ल्याएको थियो । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढेसंगै कोरोना बीमाप्रति पनि आम मानिसहरुको आकर्षण बढिरहेको थियो । तर यसरी उक्त पोलिसीप्रति आकर्षण बढिरहेका बेला समिती र बीमा कम्पनीहरु बीमा दाबी गर्न सकिने भन्दै पन्छिन लागेका हुन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: