- अर्थ सरोकार सम्बाददाता
कञ्चनपुर । कञ्चनपुरमा बुधबार थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। संक्रमितमध्ये दई जना बेदकोट नगरका स्वास्थ्यकर्मी रहेका छन् ।
बाँकी रहेका सात जना भारतबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्तिहरु हुन् । संक्रमण पुष्टि भएका सबैलाई आइसोलेसनमा राखिएको छ । यसअघि कञ्चनपुरको पुनर्वासका दुई र लालझाडीका एक स्वास्थ्यकर्मीमा समेत संक्रमण देखिएको थियो ।