×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना संक्रमण जितेका व्यक्तिको प्लाज्मा परीक्षणको तयारी (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

कोरोना संक्रमण जितेका व्यक्तिको प्लाज्मा परीक्षणको तयारी (भिडियो रिपोर्ट)

१५ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्यूरो
काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले कोभिड-१९ संक्रमणबाट गम्भिर अवस्थामा रहेका व्यक्तिमा संक्रमण जितेका व्यक्तिको प्लाज्मा परीक्षणको तयारी गरेको छ । संक्रमित भएर जटिल अवस्थामा उपचार गराइरहेका व्यक्तिहरुमा निको भएका व्यक्तिको प्लाज्मा दिएर बचाउन सकिन्छ भन्ने कुराहरु अध्ययनहरुले देखाएकाले परीक्षणको तयारी गरिएको परिषदले जनाएको छ ।

परिषदका चिफ रिसर्चर डा. मेघनाथ धिमालले निको भएको मान्छेको प्लाज्मा दिएपछि बचाउन सकिन्छ भन्ने कुराहरु बाहिरबाट आइरहेकोले नेपालको इथिकल बोर्डले पारित गरेकाले केही समयपछि नै परीक्षण हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘लास्ट स्टेजमा पुगेको मान्छेलाई निको भएको मान्छेको प्लाज्मा दिएपछि बचाउन सकिन्छ भनेर बाहिरबाट पनि आइरहेको छ । हाम्रो इथिकल बोर्डले पारित ग¥यो । छिट्टै सुरु गर्छौ । डिस्चार्ज भएर जानेहरुले पनि हामी दिन्छौँ भनेर भनिरहेका छन् । हामी रिसर्च गर्छौ ।’’

परिषदले अहिले नेपालमा रहेका संक्रमितहरु विभिन्न देशबाट आएका व्यक्तिहरुमा लक्षणहरु पनि फरक फरक रहेकाले त्यो विषयमा पनि अनुसन्धान भइरहेको बताएको छ । परिषदले कोभिड—१९ महामारी सम्बोधनमा नेपालभरी स्वास्थ्य क्षेत्रमा भइरहेको तत्परता र तयारीको मूल्याङ्कन सम्बन्धि अनुसन्धान समेत गरेको छ । सरकारले तोकेका कोभिड-अस्पतालका रुपमा तोकिएका अस्पतालले सञ्चालन गरेका क्लिनिकहरुमा अध्ययन गरेको हो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: