×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घर फर्कने क्रममा जेठ १० गते बाटोमै ज्यान गुमाएका युवकको सम्पर्कमा आएका ३० जनामा कोरोना संक्रमण पुष्टी !

PRIME CA

घर फर्कने क्रममा जेठ १० गते बाटोमै ज्यान गुमाएका युवकको सम्पर्कमा आएका ३० जनामा कोरोना संक्रमण पुष्टी !

२६ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
अर्घाखाँची । कोरोनाबाट मत्यु भएका एक युवकको सम्पर्कमा आएका अर्घाखाँचीका ३० जनामा संक्रमण पुष्टीभएको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका युवकको भारतबाट मजदुरी गरी फर्कने क्रममा जेठ १० गते बाटोमै मृत्यु भएको थियो । 
अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजय पौडेलका अनुसार उनको सम्पर्कमा आएकाहरुको कोरोना परीक्षण गर्ने क्रममा ३० जनामा संक्रमण पुष्टी भएको हो । घर फर्कने क्रममा भारतमै मृत्यु भएका युवकको कपिलवस्तु ल्याएर पोस्टमाटर्म गरिएको थियो । पोष्टमार्टमका क्रममा उनको स्वाब संकलन गरी भैरहवा जनस्वास्थ्य प्रयोगशालामा गरीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । तर कोरोना संक्रमणको रिपोर्ट आउनु अगाडि नै मृतकको अन्त्येष्टि समेत गरिएको थियो ।
त्यसपछि उनको सम्पर्कमा रहेका ५० जनाको थ्रोट स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षण गरिएको थियो । उनीहरुमध्ये ३० जनामा संक्रमण पुष्टि भएको हो । यस्तै मृतकको सम्पर्कमा नआएका अर्का एक जनामा पनि संक्रमण पुष्टि भएका छ । संक्रमित हुनेमा सन्धीखर्क नगरपालिकाका २९ जना, शितगंगा नगरपालिका र पाँडिनी गाउँपालिकाका एक.एक जना हुन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: