
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारले निजी क्षेत्रका प्रयोगशालाहरूलाई पनि कोरोना भाइरसको परीक्षण गर्न दिने भएको छ। सरकारी प्रयोगशालाले परीक्षणको चाप धान्न नसकेपछि सरकारले निजी प्रयोगशालालाई पनि परीक्षण गर्न दिने निर्णय गरेको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले इच्छुक निजी क्षेत्रका प्रयोगशालाहरूलाई आफ्नो परीक्षण क्षमतासहितको विवरण पेस गर्न आव्हान गरेको प्रयोगशालाकी निर्देशक डा. रूना झाले बताइन् ।
‘हामीले निजीलाई पनि दिने निर्णय गरेका हौं । ईच्छुकहरुलाई उहाँहरूको क्षमता, जनशक्ति र मूल्य निर्धारणको विवरण पेस छौं । त्यसपछी उहाँहरुको सबैकुरा बुझेर हामी अगाडि बढ्नेछौं । उहाँहरुले त्यति धेरै त गर्न सक्नुहुन्न तर केही हदसम्म सहयोग हुने हुनाले हामीले यो निर्णय गरेका हौं ।’ उनले भनिन् ।
यस बारेमा हिजोबाट छलफल सुरु भएको र अब आईतबारसम्ममा निश्कर्ष निस्कने स्वास्थ्य मन्त्रालयका स्वास्थ्य विज्ञ खेम कार्कीले बताए । त्यसपछि कस्तो अस्पताललाई दिने भन्ने निणर्य हुने उनले बताए । अहिले देशभर रहेका २० वटा प्रयोगशालाहरूले परीक्षण गरिरहेका छन् । उनीहरूले पछिल्लो समय परीक्षण धान्न नसक्दा प्रयोगशालाहरूमा नमूनाको चाङ लागेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्