×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो छ विश्वभर कोरोना भाइरसको पछिल्लो अपडेट…

PRIME CA
GLOBAL IME BANK

यस्तो छ विश्वभर कोरोना भाइरसको पछिल्लो अपडेट…

२८ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

Nawalparasi
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ लाख १३ हजार ७३१ पुगेको छ ।साथै, संक्रमित हुनेको संख्या ७३ लाख २३ हजार ५१६ पुगेको छ । यस्तै, मृत्यु हुनेको संख्या पनि ४ लाख १३ हजार ७३१ पुगेको छ । हालसम्म ३६ लाख ३ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् । 
अमेरिकामा कोरोना भाइरसबाट हालसम्म १ लाख १४ हजार १४८ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या २० लाख ४५ हजार ५४९ पुगेको छ । अमेरिकामा ७ लाख ८८ हजार ८६२ जना उपचार गरेर डिस्चार्ज भएका छन् ।
ब्राजिलमा हालसम्म ७ लाख ४२ हजार ८४ जना संक्रमित हुँदा ३८ हजार ४९७ जनाको मृत्यु भएको छ । रुसमा ४ लाख ८५ हजार २५३ संक्रमित हुँदा ६ हजार १४२ जनाको मृत्यु भएको छ । स्पेनमा संक्रमितको संख्या २ लाख ८९ हजार ४६ पुगेको छ भने २७ हजार १३६ जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म ४० हजार ८८३ जनाको मृत्यु भएको छ भने २ लाख ८९ हजार १४० जना संक्रमित रहेका छन् । 
यता, भारतमा पनि कोरोना संक्रमण उच्च दरमा बढ्ने क्रम जारी छ । यहाँ पछिल्लो २४ घण्टामा १० हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । भारतमा हालसम्म २ लाख ७६ हजार १४६ संक्रमित हुँदा ७ हजार ७५० जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या २ लाख ३५ हजार ५६१ पुग्दा ३४ हजार ४३ जनाको मृत्यु भएको छ । पेरुमा २ लाख ३ हजार ७३६ जना संक्रमित हुँदा ५ हजार ७३८ जनाको मृत्यु भएको छ । 
जर्मनीमा १ लाख ८६ हजार ५१६ जना संक्रमित हुँदा ८ हजार ८३१ जनाको मृत्यु भएको छ । इरानमा १ लाख ७५ हजार ९२७ जना संक्रमित हुँदा ८ हजार ४२५ जनाको मृत्यु भएको छ । टर्कीमा १ लाख ७२ हजार ११४ संक्रमित हुँदा ४ हजार ७२९ को ज्यान गएको छ । फ्रान्समा संक्रमित १ लाख ५४ हजार ५९१ हुँदा २९ हजार २९६ जनाको मृत्यु भएको छ । पाकिस्तानमा १ लाख १३ हजार ७०२ संक्रमित हुँदा २ हजार २५५ जनाको ज्यान गएको छ ।
चीनमा पछिल्लो २४ घण्टामा ६ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८३ हजार ४६ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ । बंगलादेशमा ७१ हजार ६७५ संक्रमित हुँदा ९७५ को मृत्यु भएको छ । जापानमा १७ हजार २१० जना संक्रमित हुँदा ९१६ जनाको ज्यान गएको छ । नेपालमा भने अहिलेसम्म ४ हजार ८६ जना संक्रमति फेला पर्दा ५८४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । १५ जनाको भने मृत्यु भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: