×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो छ विश्वभर कोरोना भाइरसको पछिल्लो अपडेट…

LAXMI SUNRISE BANK

यस्तो छ विश्वभर कोरोना भाइरसको पछिल्लो अपडेट…

२९ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । विश्वभर ७४ लाख ६० हजार ४१५ जना संक्रमित भएका भएका छन् । कोरोना भाइरसबाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख १९ हजार ४९ पुगेको छ । यो समाचार तयार गर्दासम्म कोरोना भाइरसका कारण बिरामी भएका ३७ लाख ७९ हजार ३५ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३२ लाख ६२ हजार ३३१ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५३ हजार ९०१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २० लाख ६६ हजार५०८ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख १५ हजार १३७ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
युरोपमा २१ लाख ३९ हजार ७३८ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८० हजार ९४१ को मृत्यु भएको छ । एसियामा १४ लाख ६९ हजार १८४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३७ हजार २०३ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा २ लाख १२ हजार ९२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ५ हजार ७१८ जनाको मृत्यु भएको छ । ओसियानामा ८ हजार ८९६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी