×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार नाघ्यो, एकैदिन दुई हजार तीन जनाको मृत्यु

PRIME CA
GLOBAL IME BANK

भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार नाघ्यो, एकैदिन दुई हजार तीन जनाको मृत्यु

३ असार २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या  ११ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट दुई हजार तीन जनाको मृत्यु भएसंगै ज्यान गुमाउनेको संख्या ११ हजार ९०३ पुगेको छ । साथै, पछिल्लो २४ घण्टामा भारतमा संक्रमित १० हजार ९७४ नयाँ थपिएसंगै संक्रमित संख्या तीन लाख ५४ हजार ६५ पुगेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसका एक लाख ८६ हजार ९३५ संक्रमित निको भएर घर फर्किसकेका छन् । 
भारतमा अहिलेसम्म सबैभन्दा प्रभावित राज्य महाराष्ट्र रहेको छ ।  महाराष्ट्रमा अहिलेसम्म कोरोना संक्रमित एक लाख १३ हजार ४४५ फेला परेका छन् भने पाँच हजार ५३७ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ ।
त्यस्तै तामिलनाडुमा अहिलेसम्म ४८ हजार १९ संक्रमित फेला परेका छन् भने ५२८ जनाको मृत्यु भइसकेको छ । दिल्लीमा ४४ हजार ६८८ संक्रमित भेटिँदा एक हजार ८३७ को मृत्यु भइसकेको छ । गुजरातमा २४ हजार ५७७ संक्रमित फेला परिसकेका छन् भने एक हजार ५३३ जनाको मृत्यु भइसकेको छ ।
त्यस्तै उत्तर प्रदेशमा अहिलेसम्म १४ हजार ९१ संक्रमित फेला परेका छन् भने ४१७ जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा ११ हजार ९०९ संक्रमित भेटिएका छन् भने ४९५ जनाको मृत्यु भइसकेको छ । बिहारमा ६ हजार ७७८ संक्रमित फेला परेका छन् भने ४१ जनाको मृत्यु भइसकेको छ। – एजेन्सी
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: