×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी १५ देशमा कोरोनाको कारण ज्यान गुमाउनेको सङ्ख्या चीनमा भन्दा धेरै !

LAXMI SUNRISE BANK

यी १५ देशमा कोरोनाको कारण ज्यान गुमाउनेको सङ्ख्या चीनमा भन्दा धेरै !

२१ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । विश्वका १५ देशमा कोरोना भाइरस सङ्क्रमणको कारण ज्यान गुमाउनेको सङ्ख्या चीनमा भन्दा धेरै भएको छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमण चीनमा नियन्त्रण नजिक पुगिरहँदा अरु देशमा भने सङ्क्रमित थपिने र ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको हो ।
कोरोनाको कारण सबैभन्दा धेरै अमेरिकामा एक लाख आठ हजारभन्दा धेरै मानिसले ज्यान गुमाएका छन् । त्यस्तै बेलायत, इटली, ब्राजिल, फ्रान्स, स्पेन, मेक्सिको, बेल्जियम, जर्मनी, इरान, क्यानडा, नेदरल्याण्ड, भारत, रसिया र पेरुमा चीनमा भन्दा धेरै मानिसको ज्यान गएको वल्डोमिमिटरले जनाएको छ ।
चीनमा अहिलेसम्म कोरोनाको कारण चार हजार ६ सय ५४ जनाको ज्यान गएको छ । विश्वका दुई सय १३ देशमा फैलिएको कोरोना भाइरसको कारण अहिलेसम्म ६४ लाख ८५ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये ३० लाख १० हजारभन्दा धेरै मानिसले कोरोनाई जितेका छन् भने तीन लाख ८२ हजार चार सयभन्दा धेरैले ज्यान गुमाएका छन्  ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी