
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कोरोना भाइरसबाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ३५ हजार ६८१ पुगेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर ७९ लाख ९७ हजार ६०९ जना संक्रमित भएका छन् ।सोमबारसम्म कोरोनाका कारण विश्वभर ४१ लाख २९ हजार ३०९ जना निको भएका छन्।
हाल विश्वभरमा कोरोना संक्रमित ३४ लाख ३२ हजार ६१९ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५४ हजार ४६० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २१ लाख ६२ हजार २२८ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख १७ हजार ८५८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा १४ लाख २६ हजार ३८७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ६० हजार ४८४ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २४ लाख ८६ हजार ४८३ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ४५ हजार ७७२ जनाको मृत्यु भएको छ । युरोपमा २२ लाख ६ हजार ५११ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८२ हजार ८८१ को मृत्यु भएको छ । एसियामा १६ लाख २२ हजार ७९९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ४० हजार ३५१ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा २ लाख ४५ हजार ७६२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ६ हजार ५५४ जनाको मृत्यु भएको छ । ओसियानामा ८ हजार ९४६ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्