
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पाँच लाख चार हजार ४६६ पुगेको हो । करिब ६ महिनाअघि चीनको वुहानबाट सुरु भएको नोभेल कोरोना भाइरस संक्रमितको संख्या विश्वभर एक करोड २ लाख ४९ हजार ४६० पुगेको छ ।
अमेरिकामा अहिलेसम्म एक लाख २८ हजार ४३७ जनाको मृत्यु भइसकेको छ भने ब्राजिलमा पनि मृत्यु हुनेको संख्या ५७ हजार ६५८ पुगेको छ । बेलायतमा पनि ४३ हजार ५५० जनाको मृत्यु भइसकेको छ । इटालीमा पनि मृत्यु हुनेको संख्या ३४ हजार ७३८ पुगेको छ । फ्रान्समा पनि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २९ हजार ७७८ पुगेको छ । यस्तै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ हजार चार सय ८७ पुगेको छ। नेपालमा अहिलेसम्म कोरोनाबाट २८ जनाको मृत्यु भइसकेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्