×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ लाख ६ हजार नाघ्यो, हेर्नुहोस् कुन देशमा कति संक्रमित ? (अपडेट)

PRIME CA

विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ लाख ६ हजार नाघ्यो, हेर्नुहोस् कुन देशमा कति संक्रमित ? (अपडेट)

२६ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर संक्रमित र मृत्यु हुनेको संख्या बढिरहेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार सोमबार बिहानसम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ६ हजार १ सय ७ पुगेको छ भने संक्रमितको संख्या ७० लाख ८६ हजार ३ पुगेको छ । यस्तै विश्वभरमा कोरोनाबाट संक्रमण भएका ३४ लाख ५९ हजार ९ सय ६९ जना उपचारपछि निको भएका छन् ।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार हालसम्म अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट १ लाख १२ हजार ४ सय ६९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २० लाख ७ हजार ४ सय ४९ पुगेको छ । यस्तै अमेरिकामा कोरोना संक्रमित ७ लाख ६१ हजार ७ सय ८ जना निको भइसकेका छन् । यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या ३७ हजार ३ सय १२ पुगेको छ भने संक्रमितको संख्या ६ लाख ९१ हजार ९ सय ६२ पुगेको छ । यता इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ हजार ८ सय ९९ पुगेको छ भने संक्रमितको संख्या २ लाख ३४ हजार ९ सय ९८ पुगेको छ । यस्तै भारतमा संक्रमितको संख्या २ लाख ५७ हजार बढी हुँदा मृत्यु ७ हजार २ सय बढीको भइसकेको छ । यता नेपालमा ३४४८ संक्रमित हुँदा १३ जनाको मृत्यु भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: