
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कर्णाली प्रदेशमा कोरोना संक्रमित संख्या ७६३ पुगेको छ । बिहीबार थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या ७६३ पुगेको हो ।
कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परीक्षणमा दैलेखका ४८, सुर्खेतका ६ र काठमाडौँ बूढानीलकण्ठ निवासी हाल चिङ्गाड गाउँपालिका सुर्खेतमा बस्दै आएका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले दैलेख डुङ्गेश्वर गाउँपालिकामा ६ महिने शिशु, चार महिलासहित ३९, वडाभैरव, खोर, खगेना, रुम, तुम्लुङ, तुर्सुका नौ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै सुर्खेत चिङ्गाड गाउँपालिकाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्