×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाको भ्याक्सिन ९९ प्रतिशत प्रभावकारी भएको चिनियाँ कम्पनीको दाबी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कोरोनाको भ्याक्सिन ९९ प्रतिशत प्रभावकारी भएको चिनियाँ कम्पनीको दाबी

Artha Sarokar

२० जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । चीनको एउटा प्रमुुख बायोफर्मास्युुटिकल कम्पनी सिनोभ्याक बायोटेक लिमिटेडले कोरोना भ्याक्सिन बनाएको दाबी गरेको छ । कम्पनीले भ्याक्सिनले प्रयोगात्मक रुपमा परीक्षण गर्दा ९९ प्रतिशत कोरोनाभाइरसविरुद्ध प्रभावकारी ढंगले काम गरेको पनि जनाएको छ।
सिनोभ्याकका अनुुसार भ्याक्सिन ‘कोरोनाभ्याक’ कोभिड १९ सार्स कोभ २ भाइरसविरुद्ध प्रभावकारी ढंगले काम गर्न सक्छ र यो ९९ प्रतिशत रोगमा असरदार छ। यो एन्टीबडीको परीक्षणका लागि १ हजारभन्दा धेरै स्वयंसेवक यस अध्ययनमा भाग लिइरहेको कम्पनीको भनाइ छ। 
विश्वका थुुप्रै देश कोरोनाभाइरसविरुद्ध खोप बनाउन खोज गरिरहेका छन्। सिनोभ्याक कम्पनीको दाबी छ कि यो खोप कोभिड १९ विरुद्ध निश्चित रुपमा सफल हुुन्छ। 
तेस्रो चरणको परीक्षण सञ्चालन गर्नका लागि प्रारम्भिक वार्तामा बेलायत र अन्य युुरोपेली देशहरु पनि सामेल रहेको कम्पनीको भनाइ छ। सिनोभ्याकले व्यावसायिक रुपमा नै भ्याक्सिन उत्पादन गर्ने संयन्त्र निर्माण गरिरहेको र वार्षिक १०० मिलियन खोप बनाउने भएको छ। 
कोभिड १९ भ्याक्सिनको विकासमा तीव्रता दिन फर्मास्युुटिकल फर्मले १५ मिलियन डलर फण्ड पनि हासिल गरेको छ। – एजेन्सी
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी