काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट ज्यान गुमाएकाहरुको अन्त्येष्टि पीडादायी हुन्छ । मृत्युपछि अन्त्येष्टिका लागि घाटमा लैजान खोज्दा स्थानीयले विरोध समेत सामना गर्नु परेका घटना छन् । तर कैलालीकी कोरोना सङक्रमित महिलाको भने सम्मानपूर्वक अन्त्येष्टि गरिएको छ ।
लम्कीचुहा २ की ४३ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको थियो । बिहीबार नेपाली सेनाको टोलीले बर्दियाको मानखोलास्थित ढकेरी जङ्गलमा उनको शव व्यवस्थापन गरेको छ ।
‘अन्यत्र दर्दनाक तरिकाले शव व्यवस्थापन गरेको देखिन्छ । त्यसैले यहाँ सम्मानपूर्वक व्यवस्थापन गर्न खोजेका हौं’ बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । – रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्