×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अमेरिकाद्वारा कोरोनाविरुद्ध लड्न अन्तर्राष्ट्रिय समुदायलाई थप आर्थिक सहयोग, १९ करोड ४० लाख अमेरिकी डलर दिने

LAXMI SUNRISE BANK

अमेरिकाद्वारा कोरोनाविरुद्ध लड्न अन्तर्राष्ट्रिय समुदायलाई थप आर्थिक सहयोग, १९ करोड ४० लाख अमेरिकी डलर दिने

२३ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । संयुक्तराज्य अमेरिकाले कोरोना भाइरसविरुद्ध लड्न अन्तर्राष्ट्रिय समुदायलाई थप १९ करोड ४० लाख अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओका अनुसार योसहित अमेरिकाले विश्वभरका मुलुकहरुका लागि गरेको सहयोग ११ अर्ब डलर पुगेको छ। विदेशमन्त्री पोम्पेओले शरणार्थीहरु, जोखिममा परेका आप्रवासीहरु र शरणार्थीलाई आश्रय दिने समुदायको जोखिमलाई ध्यान दिएर १८ करोड अमेरिकी डलर प्रदान गर्न लागिएको जानकारी दिए ।
विश्वमै आधा शताब्दीभन्दा बढी समयदेखि संयुक्तराज्य अमेरिका स्वास्थ्य र मानवीय सहायता प्रदान गर्ने सबैभन्दा ठूलो दाताराष्ट्र रहेको पनि मन्त्री पोम्पेओले बताए । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा विगत २४ घण्टामा झण्डै १ लाख ३० हजार नयाँ संक्रमित फेला परेका छन्। योसँगै विश्वमा कोरोनाभाइरसबाट संक्रमितको संख्या ६४ लाख पुगेको छ भने तीन लाख ८० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ। -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी