×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डडेल्धुराको अमरगढी नगरपालिकाद्वारा क्वारेन्टाइनमा बसेकाहरुलाई दैनिक २०० रुपैयाँ भत्ता वितरण

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

डडेल्धुराको अमरगढी नगरपालिकाद्वारा क्वारेन्टाइनमा बसेकाहरुलाई दैनिक २०० रुपैयाँ भत्ता वितरण

Artha Sarokar

२० जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिकाले क्वारेन्टाइनमा बसेकाहरुलाई खाना र खाजाबापत दैनिक २०० भत्ता दिँदै आएको छ । जेठ १४ गतेको निर्णयानुसार नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका प्रत्येक व्यक्तिलाई खाना र खाजाबापत दैनिक २०० भत्ता दिँदै आएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीराज उपाध्यले बताए ।
डडेल्धुरा बहुमुखी क्याम्पस, महेन्द्र माविलगायत क्याम्पसमा बनाएका क्वारेन्टाइनमा सबैजना नअटाउने र सबैलाई खाना र खाजा नगरपालिकाले खुवाउन नसक्ने भएकाले स्थानीयस्तरमै वडामा बनाइएका क्वारेन्टाइनमा बस्न लगाउने र त्यहाँ बसेका व्यक्तिले आ–आफ्नो घरबाट खानाको व्यवस्था गरे दैनिक २०० का दरले भत्ता दिने गरेको उनले बताए ।
अमरगढी नगरपालिकाका ११ वटा वडामा निर्माण भएका १७ वटा क्वारेन्टाइनभित्र ६२८ जना रहेको नगरपालिकाका सूचना अधिकारी लालबहादुर साउदले बताए । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी