×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनताले खरिद गरेको पिसिआर मेसिन डडेल्धुरा अस्पतालमा थन्कियो, सञ्चालनमा आउन अझै १ हप्ता लाग्ने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

जनताले खरिद गरेको पिसिआर मेसिन डडेल्धुरा अस्पतालमा थन्कियो, सञ्चालनमा आउन अझै १ हप्ता लाग्ने !

Artha Sarokar

१४ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थसरोकार सुदूरपश्चिम ब्युरो 
डडेल्धुरा । जनताबाट रकम संकलन गरी खरिद गरिएको पिसिआर मेसिन सञ्चालनमा आउन नसक्दा सुदूरपश्चिममा परिक्षणको दायरा अझै चिन्ताजनक नै देखिएको छ । ह्युमिनिटी फाउन्डेसन नेपालले खरिद गरी डडेल्धुरा अस्पताललाई हस्तान्तरण गरेको पिसिआर मेसिन सञ्चालनमा आउन नसकेको हो । यही असार ७ गते हस्तान्तरण गरेप्रश्चात एक हप्तामा सञ्चालनमा ल्याउने भनिएको पिसिआर मेसिन असार १४ पुगिसक्दापनि सञ्चालनमा आउन सकेको छैन । यता जिल्ला अस्पताल डडेल्धुराका मेसु जगदिश विष्टले पिसिआर मेसिन अझै जडान नभएको बताउनुभयो । 
“मेसिन डडेल्धुरा पुगिसकेको छ तर मेसिन जडानका लागि आवश्यक पर्ने सामानको अभावका कारणले जडान हुन सकेको छैन”, विष्टले भन्नुभयो, “पिसिआर मेसिनको जडानकार्य नौंलो अनी जटील भएकाले पुर्ण रुपमा सेवा दिनेगरी सञ्चालनमा ल्याउन थप एकहप्ता लाग्छ ।” 
जनता तथ विभिन्न दातृ निकायबाट सकम संकलन र खरिद गरि उक्त पिसिआर मेसिन यही असार ०७ गते धनगढीमा डडेल्धुरा अस्पताल विकाश समितीका अध्यक्ष करुणाकर ओझालाई हस्तातरण गरिएको थियो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी