×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

असारे चटारोका बेला कोरोना संक्रमित बढेपछी डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा सिलबन्दी !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

असारे चटारोका बेला कोरोना संक्रमित बढेपछी डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा सिलबन्दी !

Artha Sarokar

५ असार २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरकोर सुदूरपश्चिम ब्युरो 
धनगढी । असारको महिना प्राय मानिसहरु खेती किसानिकार्यका बढी लाग्ने गर्दछन् । तर डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा भने एकाएक कोरोना भाइरस (कोबिड १९) का संक्रमित बढेसँगै गाउँ नै सिलबन्दी गरिएको छ । 
संक्रमितको संख्या र संक्रमणको जोखिमलाई मध्यनजर गर्दै बिहीबारदेखि आउँदो असार १२ गतेसम्मका लागि गाउँपालिका सिल गरिएको गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लले जानकारी दिए । हिजोमात्रै गन्यापधुरामा ५८ जनामा कोरोनाको संक्रमण फेला परेका थिए । 
गाउँपालिकाले तोकिएको समयअवधिमा स्वास्थ्य सेवा बाहेकका सम्पूर्ण कार्यालयहरु, बैंकहरु र पसलहरुसमेत असार १२ गतेसम्म बन्द रहने र अनावश्यक काममा घरबाहिर कसैलाई ननिस्कन समेत गाउँपालिकाकावासीलाई आग्रह गरेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी