
- अर्थ सरोकार सम्बाददाता
दैलेख । दैलेखमा थप एक महिलाले कोरोना जितेकी छन् । जिल्ला अस्पताल दैलेखको आइसोलेसनमा उपचार गराई रहेकी डुंगेश्वर गाउँपालिका १ चुप्राकी २५ वर्षीया महिलाले कोरोना जितेकी हुन् । स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा.निरञ्जन पन्तकाअनुसार जेठ ८ गते भारतबाट आएका उनिहरुका श्रीमान श्रीमति र एक छोरामा ११ गते गरिएको स्वाब परिक्षणमा श्रीमान श्रीमतिमा कोरोना पोजेटिभ देखिए पछि आइसोलेसनमा राखेर उपचार गरिदै आइएको थियो ।
आइसोलेसनमा राखेर उपचार गरेको १६ दिन पछि श्रीमतीलाई कोरोना नेगेटिभ देखिएको र श्रीमानमा पोजेटिभ देखिएकाले उपचार भैरहेको छ। कोरोना नेगेटिभ देखिएकी महिलालाई सोमबार घर पठाइएको डा।पन्तले जानकारी दिए। आमा बुवा दुबैमा कोरोना पुष्टि भएको भए पनि बालकमा कोरोना संक्रमण देखिएको थिएन। १५ महिने वालक आमाको साथमै थिए।
कर्णाली प्रदेशका १० वटा जिल्लाहरु मध्ये दैलेखमा कोरोना संक्रमितको संख्या सबै भन्दा धेरै रहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्