×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दैलेखमा २० महिने बालकसहित २२ जनाले जिते कोरोना, भए अस्पतालबाट डिस्चार्ज !

PRIME CA
GLOBAL IME BANK

दैलेखमा २० महिने बालकसहित २२ जनाले जिते कोरोना, भए अस्पतालबाट डिस्चार्ज !

३० जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
दैलेख । दैलेखमा २२ जना संक्रमितको निको भएका छन् । जिल्लाको नारायण नगरपालिकाका २० महिने बालकसहित २२ जनाले कोरोना जितेका हुन् । जिल्ला सदरमुकाम स्थित सरस्वती मावी तर्ताङ्गमा निर्माण गरिएको दैलेख अस्पतालको आइसोलेसन बार्डमा उपचाररत उनीहरुको दोस्रो पटक गरिएको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार डिस्चार्ज गरिएको हो ।
अस्पतालका अनुसार कोरोना संक्रमण पुष्टि भएका धेरैले दुई हप्ता र केहीले २० दिनमा कोरोना जितेर घर फर्किएका हुन् । उनीहरु सबै भारतबाट आएका थिए । डिस्चार्ज भएकालाई दैलेख अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोमन शर्मा, नारायण नगरपालिका-१ का वडाध्यक्ष तिर्थनारायण श्रेष्ठ लगायत अस्पतालका स्वास्थ्यकर्मीले खादा ओढाएर पुष्पगुच्छा दिएर बिदाइ गरेका छन् । शुक्रबा डिस्चार्ज भएका २२ जनासहित दैलेखका २६ जनाले कोरोना जितेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: