×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कचनकवलको क्वारेन्टाइनमा बसेकाहरु आन्दोलित, घर पठाउन माग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

कचनकवलको क्वारेन्टाइनमा बसेकाहरु आन्दोलित, घर पठाउन माग

Artha Sarokar

२० जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
दमक । झापाको कचनकवल गाउँपालिकाको बनियानीस्थित लक्ष्मी प्रसाद देवकोटा माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिनमा बसेकाहरु आन्दोलित भएका छन् । पहिले आफूहरुसँगै रहेका १८ जना कोरोना संक्रमित विरामी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट डिस्चार्ज भइसक्दा पनि आफूहरुलाई क्वारेन्टिनमै राखिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।
अहिले लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा ४२ जनालाई राखिएको छ । कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जरा आलमले भने, ‘बीपी प्रतिष्ठानले रिपोर्ट दिन ढिलो गर्दा तनाव भइसक्यो । क्वारेन्टाइनमा बसेकाहरु भाग्न खोज्छन् ।’ उक्त क्वारेन्टाइनमा बसेका र कोरोना रिपोर्ट पोजेटिभ आएकामध्ये १८ जना संक्रमित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गरी गएराति डिस्चार्ज भएका छन् । यो खबर पाउनासाथ लक्ष्मी प्रसाद देवकोटा माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकाहरुले आफूहरुलाई पनि घर पठाउन जनप्रतिनिधिहरुलाई दबाव दिइरहेका छन् ।
 गाउँपालिकाका अध्यक्ष आलमका अनुसार उनीहरुको पहिलो रिपोर्ट नेगेटिभ आएको थियो । दोस्रो रिपोर्टका लागि नमूना पठाएको एक हप्ता बितिसक्दा पनि प्रतिष्ठानले रिपोर्ट नदिएको उनले गुनासो गरे ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी