Skip to content
LAXMI SUNRISE BANK

दाङमा एउटै वडाका ४७ सहित थप ५६ जनामा कोरोना सङ्क्रमण पुष्टी (विज्ञप्तिसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
दाङ । मंगलबार दाङको घोराही उपमहानगरपालिकाको एउटै वडामा ४७ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराही दाङमा गरिएको पीसीआर परीक्षणमा घोराही उपमहानगरपालिका ४ का ४७ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको हो । 
यस्तै घोराही १२ का चार जना, वडा नम्बर ११ का एक जना, घोराहीकै अन्य चार जनासहित ५६ जनामा कोरोना पुष्टी भएको हो । जसमा १० जना महिला र ४६ जना पुरुष छन् । उनीहरु भारतबाट आएर क्वारेनटाइनमा बसेका थिए । योसँगै दाङमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई सय ४२ पुगेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK