×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टी भएपछि घोराहीका वडा र स्वास्थ्य कार्यालय बन्द

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टी भएपछि घोराहीका वडा र स्वास्थ्य कार्यालय बन्द

Artha Sarokar

२ असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
दाङ । घोराही उपमहानगरपालिकाका विभिन्न वडामा स्वास्थ्यकर्मी सङ्क्रमित भएपछि कार्यालय बन्द गरिएको छ । स्वास्थ्यचौकी र उनीहरु आवतजावत गर्ने वडा कार्यालयसमेत बन्द गरिएको उपमहानगरपालिकाले जनाएको छ । 
सङ्क्रमण पुष्टि भएका स्वास्थ्यकर्मी वडा कार्यालयमा बस्ने गरेकाले घोराही ३ नं वडा कार्यालय बन्द गरिएको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो । त्यस्तै वडा नं ४ मा रहेको स्वास्थ्यचौकी पनि बन्द गरिएको छ । त्यहाँ कार्यरत दुई स्वास्थ्यकर्मी सङ्क्रमित भएका थिए । 
यस्तै वडा नं २ को शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको कार्यालय पनि बन्द गरिएको छ । बुधबारदेखि सङ्क्रमित स्वास्थ्यकर्मी तथा वडा नम्बर १७ र १८ का सङ्क्रमितका परिवारको कन्टयाक्ट ट्रेसिङ र स्वाब संकलन शुरु गरिने उपमहानगरपालिकाका प्रमुख चौधरीले बताए । घोराही –१७ का १७ र घोराही– १८ का दुई जना रिपोर्ट नआउँदै घर गएकाले कन्ट्याक्ट ट्रेसिङ गर्नुपरेको जनाइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी