×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दाङमा दुई जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

LAXMI SUNRISE BANK

दाङमा दुई जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

१९ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
दाङ । दाङको क्वारेन्टाइनमा खटिएका दुई जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शनिबार गरिएको पीसीआर परीक्षणमा दुई जना स्वास्थ्यकर्मीसहित ९ जनामा कोरोना पुष्टि भएको हो ।
गढवा गाउँपालिकाले सञ्चालन गरेको जनता मावि क्‍वारेन्टाइनमा खटिएका लमही नगरपालिका १ का ४० वर्षीय र राप्ती गाउँपालिका ८ का ३६ वर्षीय पुरुष स्वास्थ्यकर्मीमा कोरोना देखिएको गढवा स्वास्थ्य शाखाले जनाएको छ । उनीहरुको स्वाब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा परीक्षण गरिएको थियो । 
गढवा स्वास्थ्य शाखाका प्रमुख कैलाश चौधरीले ती दुवै स्वास्थ्यकर्मीहरु क्वारेन्टिनमै रहेको र घर परिवारसँग घुलमिल नभएको बताए । 
जनता मावि गढवाको क्वारेन्टिनमा राखिएका अन्य दुई जनामा पनि कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि हुनेहरुमा गढवा गाउँपालिका ६ का ३६ वर्षीय पुरुष र गढवा गाउँपालिका ७ का २४ वर्षीय पुरुषहरु छन् ।
शनिबार तुलसीपुर उपमहानगरपालिकाको रक्षाचौर क्वारेन्टिनमा रहेका ५ जनामा पनि कोरोना पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका का.मु. रजिष्ट्रार कैलाश देवले जानकारी दिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी