×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दाङमा अज्ञात समूहद्वारा चार स्काभेटरमा आगजनी, ४ करोड बढिको क्षति !

PRIME CA

दाङमा अज्ञात समूहद्वारा चार स्काभेटरमा आगजनी, ४ करोड बढिको क्षति !

२६ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
दाङ ।  अज्ञात समूहले दाङमा चार वटा स्काभेटरमा आगजनी गरेको छ । जिल्लाको गढवादेखि कालाकाँटे सम्मको हुलाकी राजमार्ग निर्माणका प्रयोग भएका जेसिबी र स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको ५ नं. प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता राजकुमार बैदवारले बताए ।
 
गढवा गाउँपालिका–१ जेठानगाउँ स्थित राप्ती नदिमा पार्किङ गरि राखेका बा २ क ३१४८, बा २ क २२७१, बा २ कक ४४८२ र एउटा अनटेष्ट स्काभेटरमा आगजनी गरेको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख भरतसिंह राठोरले जानकारी दिए । आगजनीबाट ४ करोड बढिको क्षति भएको प्रहरीले जनाएको छ । रातीको करिव १२ देखि १ बजेको समयमा आगजनी भएको हुन सक्ने प्रमुख राठोरले जानकारी दिएका छन् । 
आगजनीबाट सबै स्काभेटर पूर्ण रुपमा जलेर नष्ट भएका छन् । स्काभेटरमा आगजनी गर्ने समूहको खोजी कार्य भैरहेको प्रहरीले जानकारी दिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: