
- अर्थ सरोकार सम्बाददाता
दाङ । दाङमा बिहीबार देखि लागू हुनेगरी सबै बजारहरु साँझ ५ बजेपछि बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय दाङमा बसेको बैठकले केही समयका लागि साँझ ५ बजेपछि बजार बन्द गर्ने निर्णय गरेको हो । संक्रमित ह्वात्तै बढेपछि बिहीबारदेखि लागू हुनेगरी जिल्लाका पसल साँझ ५ बजेपछि खोल्न नपाइने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।
बैठकले सङ्क्रमितहरुको संख्या तिब्रे गतिमा बढिरहे नयाँ रणनीति बनाउने समेत योजना बनाएको छ ।उक्त बैठकले गाडीहरुलाई व्यवस्थित गर्न निजी जोर/बिजोर प्रणाली जिल्लाभर लागू गर्ने निर्णय गरेको छ । मोटरसाइकलमा भने जोर/बिजोरका साथै एक जनामात्र चढ्न पाइनेछ । चार पाङ्ग्रेका हकमा चालकसहित अन्य दुई जना बस्नेगरी जोरबिजोर प्रणाली लागू गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्