×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दार्मा गाउँपालिकाका दुई कर्मचारीमा कोरोना संक्रमण पुष्टी, गाउँपालिकाका सबै सेवा बन्द !

PRIME CA

दार्मा गाउँपालिकाका दुई कर्मचारीमा कोरोना संक्रमण पुष्टी, गाउँपालिकाका सबै सेवा बन्द !

१६ असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
सल्यान । दार्मा गाउँपालिका दुई कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछी कार्यालयबाट प्रदान हुने सबै सेवा बन्द गरिएको छ । सोमबार गाउँपालिकाका पाँचजनामा संक्रमण पुष्टी भएको थियो । तीमध्ये दुई कर्मचारी र तीनजना क्वारेन्टाइनमा रहेका व्यक्ति हुन् । उनीहरुलाई गाउँपालिकाको आइसोलेसनमा राखिएको छ। 
कर्मचारीमासमेत कोरोना संक्रमण पुष्टी भएकाले समुदाय स्तरमा नफैलियोस् भनी गाउँपालिकाका कार्यालयको सबै नियमित कामकाज बन्द गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत खड्काले बताए । कर्मचारीमा कोरोना पुष्टी भएपछि गाउँपालिकाले सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी र संक्रमितको सम्पर्कमा आएकाहरुको मंगलबार स्वाव संकलन गरिने खड्काले बताए । 
दार्मा गाउँपालिकामा यसअघि नौजनामा कोरोना संक्रमण पुष्टी भएको थियो । उनीहरु सबै निको भएर घर फर्किसकेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: