
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । भारतबाट नेपाल आउँदै गरेको नवलपरासीका एक युवकको रुपन्देहीको सीमा बेलहियानजिकै आइपुग्दा बुधबार बिहान मृत्यु भएको छ । भारतको मुम्बईमा मजदुरी गर्दै आएका पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर २ का अन्दाजी ३२ वर्षीय युवकको मृत्यु भएको हो । पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले ती युवकको शव ल्याउन जिल्ला प्रशासन कार्यालय रुपन्देहीसँग समनवय गरिरहेको बताए ।
रुपन्देही प्रशासनले भने भारतीय भूमिमै ती युवकको मृत्यु भएकोले त्यहीँ पिसिआर परीक्षण गरेपछि मात्र शव व्यवस्थापनको प्रक्रिया अगाडि बढाइने जनाएको छ। पिसिआर परीक्षणमा कोरोना पोजेटिभ आए भारतमै शव व्यवस्थापन गरिने र नेगेटिभ आएमात्र शवलाई नेपाल ल्याएर परिवारको जिम्मा लगाइने रुपन्देही प्रशासनले जनाएको छ । ती युवक सीमानजिक आइपुगेपछि अचानक बेहोस् भएका थिए । बेहोस भएको केही क्षणमै उनको ज्यान गएको छ । ती युवकमा अन्य स्वास्थ्य समस्या रहेको परिवारस्रोतबाट जानकारी प्राप्त भएको प्रजिअ पाठक बताउँछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्