×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डडेल्धुरामा क्वारेन्टाइनमा बसेकी ३० वर्षीय महिलाको मृत्यु, कोरोना परिक्षण हुँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

डडेल्धुरामा क्वारेन्टाइनमा बसेकी ३० वर्षीय महिलाको मृत्यु, कोरोना परिक्षण हुँदै

Artha Sarokar

२१ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
कैलाली । डडेल्धुरामा क्वारेटाइनमा बसेकी ३० वर्षीय महिलाको मृत्यु भएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभुत विद्यालय रौनाकोटको क्वारेटाइनमा बसेकी महिलाको हिजो राती १० बजे मृत्यु भएको हो । ती महिला जेठ १८ गते भारतको नयाँ दिल्लीबाट गौरीफण्टा नाका हुँदै डडेल्धुरा फर्किएकी थिइन् । बेलुकाको खाना खाइसकेपछि सामान्य अवस्थामा रहेकी महिला राती श्रीमानसंग शौचालय गएकी थिइन् । त्यसपछि उनी शौचालयमै एक्कासी बेहोस भएको र मुखबाट रगत आएको गाउँपालिकाकी उपाध्यक्ष कमला ठगुन्नाले बताइन् । 
हिजो दिउँसो १२ बजे क्वारेटाइनको अनुगमन गर्दा उनलाई कुनै स्वास्थ्य समस्या थिएन । उपाध्यक्षका मृतक महिलालाई यस अगाडि अन्य स्वास्थ्य समस्या नभएको र कुनै प्रकारको औषधी पनि खाने गरेको थिइनन् । क्वारेन्टिनमा उनी आफ्ना श्रीमान्, साढे दुई वर्ष छोरा र ५ महिनाकी छोरीसहित बस्दै आएकी थिइन् । उनीहरू सबैको आज आरडिटी परिक्षण हुनेछ । तर पीसीआर परीक्षण सेवा भने धनगढीमा मात्र हुने भएकाले केही दिन लाग्ने उपाध्यक्ष ठगुन्नाले बताएकी छन् । उक्त क्वारेन्टिनमा ४० जना बस्दै आएका थिए । महिलाको मृत्यु भएपछि क्वारेन्टिन बसेकाहरूले सबैले कोरोना परीक्षणको माग गरेका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी