
- अर्थ सरोकार सम्बाददाता
सिन्धुली । सिन्धुली अस्पतालको आइसोलेसनमा उपचाररत एक महिलाको मृत्यु भएको छ । महोत्तरीको पाटु घर भएकी वर्ष २१ की महिलाको उपचारका क्रममा बिहीबार राति मृत्यु भएको हो । अत्याधिक ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि महिला बिहीबार दिउँसो अस्पतालको आइसोलेसनमा भर्ना भएकी थिइन् । अस्पतालका कोभिड–१९ फोकल पर्सन डाक्टर प्रशन्न राजभण्डारीका अनुसार उनलाई आइसोलेसनमा राखेर उपचार गर्दैगर्दा मृत्यु भएको हो ।
मृत्यु भएकी महिलामा कोभिड–१९ को संक्रमणको लक्ष्यण देखिएकाले आज (शुक्रबार) बिहान उनको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि प्रादेशिक अस्पताल हेटौंडा पठाइएको डाक्टर राजभण्डारीले जानकारी दिए । डाक्टर राजभण्डारीका अनुसार मृतकको पीसीआर रिपोर्ट नआएसम्म उनको सम्पर्कमा रहेका आफन्त र उपचारमा संलग्न डाक्टरलगायतका कर्मचारीलाई होम क्वारेन्टाइनमा बस्न भनिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्