×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनगढीमा अन्त्येष्टिपछि कोरोना पुष्टी भएकी महिलाको गाउँ सिल गर्ने तयारी

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

धनगढीमा अन्त्येष्टिपछि कोरोना पुष्टी भएकी महिलाको गाउँ सिल गर्ने तयारी

Artha Sarokar

२५ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
कैलाली । धनगढीमा अन्त्येष्टिपछि कोरोना संक्रमण पुष्टि भएकी महिलाको मलामी गएकाहरु सम्पर्कमा आएका छन् । अन्त्येष्टिपछि कोरोना पुष्टि भएकी धनगढी उप–महानगरपालिका–४ को महिमा टोलकी ५५ वर्षीया महिलाको मलामी गएकाहरु सम्पर्कमा आएको प्रहरीले जनाएको हो  ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक हिक्मत थापाका अनुसार मलामी गएका ४९ जना सम्पर्कमा आएका हुन् । धनगढी उप–महानगरपालिका–४ सहित घोडाघोडी नगरपालिका–३ का ८ जना र बर्दोगोरिया गाउँपालिका–२ का दुई जना गरी ४९ जना उनको मलामी गएको पाइएको उनले बताए । साथै मृतकलाई सेती प्रादेशिक अस्पतालसम्म लैजाने तथा उनको शव ल्याउने अटो चालक, आर्यघाटसम्म शव लैजाने ट्रयाक्टर चालक पनि सम्पर्कमा आएका छन् ।
मृतक महिला बस्ने महिमा टोल सिल गर्ने विषयमा आवश्यक छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी