×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आर्थिक वर्षका लागि धनगढी उपमहानगरपालिकाले ल्यायो डेढ अर्ब बढीको बजेट, कार्यान्वयन हुने सन्दर्भमा जनताको चिन्ता उही पुरानै !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १० असार २०७७, बुधबार

PRIME CA
laxmi sunrise bank

आर्थिक वर्षका लागि धनगढी उपमहानगरपालिकाले ल्यायो डेढ अर्ब बढीको बजेट, कार्यान्वयन हुने सन्दर्भमा जनताको चिन्ता उही पुरानै !

धनगढी
  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
धनगढी । धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७-७८ का लागि डेढ अर्ब बढीको बजेट ल्याएको छ । उपमहानगरपालिकाकी उपमेयर सुशिला मिश्र भट्टले आगामी आर्थिक बर्ष २०७७-७८ का लागी एक अर्ब ६३ करोड ८२ लाख बराबरको अनुमानित बजेट पाँचौ नगर सभामा सार्बजनिक गरिन् । आर्थिक वर्ष २०७७-७८ को बजेट गत वर्षको भन्दा करिब १ अर्ब बजेट कम देखिएको छ । 
प्रस्तुत बजेट अनुसार पुँजिगत तर्फ ७८ करोड मात्रै बजेट प्रस्तुत भएको छ भने चालु खर्च तर्फ ८५ करोड बजेट प्रस्तुत भएको हो । बजेटमा आय तर्फ आन्तरीक आय १९ करोड ९९ लाख ७३ हजार ६ सय ६०, बित्तिय समानिकरण २९ करोड २ लाख, राजस्व वाँडफाँडबाट १८ करोड ४० लाख, सशर्त अनुदान ५० करोड २६ लाख, प्रदेश सरकार समपुरक कोष अनुदान २ करोड ५० लाख, प्रदेश सरकार बिशेष अनुदान १ करोड १४ लाख र अन्य आय ४२ करोड ५० लाख २६ हजार ३ सय ४० उल्लेख गरिएको छ ।
बजेटमा कोभिड–१९ बाट सिर्जित संकट ब्यबस्थापन, कृषि, पूर्वाधार विकास, शिक्षा क्षेत्रमा गुणात्मक सुधार, सूचना प्रबिधि तथा संचारमा विकासलाई प्रार्थमिकतामा राखिएको छ । यसैगरी आगामी बर्षको बजेटमा पर्यटन प्रवर्दनको क्षेत्रमा बिशेष जोडका साथै कृषिमा आधुनिकीकरण तथा ब्यवसायीकरणमा बिशेष जोड दिने उल्लेख गरिएको छ । 
कोरोना महामारीलाई मध्यनजर गरि स्वास्थ्य, शिक्षा, रोजगार, उत्पादनलाई प्राथमिकता दिएर निति कार्यक्रम तथा बजेट आएको उप महानगरपालिकाका मेयर नृप बहादूर वडले बताए । बढ्दो बेरोजगारी लाई न्युनिकरण गर्ने कृषि क्षेत्रलाई मुख्य प्राथमिकता दिई बजेट प्रस्तुत भएको मेयर वडले बताएका छन् । त्यस्तै बजेट कार्यान्वयनका लागी समयमै अख्तियारी दिइने समेत मेयर वडको दावी रहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: