×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

क्वारेन्टाइनमा बसेका नागरिकहरुद्धारा पिसिआर परिक्षणको माग, गरे वडा कार्यालय घेराउ

PRIME CA

क्वारेन्टाइनमा बसेका नागरिकहरुद्धारा पिसिआर परिक्षणको माग, गरे वडा कार्यालय घेराउ

२५ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
धनगढी । कैलालीको गौरीगंगा नगरपालिकास्थित एक क्वारेन्टाइनमा बसेका नागरिकहरुले आफुहरुको पीसीआर परीक्षण हुनुपर्ने माग गरेका छन् । उक्त माग गर्दै नागरिकहरुले वडा कार्यालय घेराउ गरेका हुन् । आरडीटी रिपोर्ट पोजेटिभ देखिएका व्यक्तिले आफूहरुको पीसीआर परीक्षण हुनुपर्ने माग गर्दै वडा कार्यालय घेराउ गरेका हुन ।
गौरीगंगा नगरपालिका ६ स्थित अमर माविमा बनाइएको क्वारेन्टाइनमा आरडिटी पोजेटिभ देखिएका एक व्यक्तिले आफूहरुको उपचारमा स्थानीय तहले बेवास्ता गरेको आरोप लगाए । उनले आफूहरुलाई रिपोर्ट पोजेटिभ देखिएको भन्दै गाउँभरी हल्ला फैलाइएकाले तनाव भएको र आन्दोलन गर्न बाध्य भएको बताए ।
वडाअध्यक्ष कमला शर्माले अमर माविको क्वारेन्टाइनमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएका व्यक्तिले पिसिआर परीक्षणको माग गरिरहेको बताइन्। 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: