
- अर्थ सरोकार सम्बाददाता
धनुषा । प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा धनुषा, महोत्तरी तथा पर्सामा गरेर कूल २९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रादेशिक प्रयोगशाला जनकपुरधाम तथा नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जको प्रयोगशालामा गरिइएको पीसीआर परीक्षणमा धनुषामा तीन जना, महोत्तरीमा २४ जना तथा पर्सा जिल्लामा दुई जनामा सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले बताए ।
पछिल्लो पटक सङ्क्रमण पुष्टि भएकासहित सङ्क्रमित हुनेको सङ्ख्या तीन हजार १९ जना पुगेको छ । जसमा २०० महिला तथा तीन हजार ११९ जना पुरुष रहेका छन् । प्रदेश नंं २ को विभिन्न आइसोलेशन सेन्टरहरुमा उपचारमा रहेका २४ जना कोरोनाका बिरामीहरु सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक हजार ४१५ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्