- अर्थ सरोकार सम्बाददाता
पोखरा । बागलुङका थप ११ जनाले कोरोना जितेका छन् । आइतबार गरिएको पिसि आर परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै उनीहरु धौलागिरी अञ्चल अस्पतालबाट डिस्चार्ज भएका हुन् । गल्कोट नगरपालिकाका २३ वर्षीय एक पुरुष, निसीखोला गाउँपालिकाका २९ र २२ वर्षीय दुई जना पुरुष र ताराखोला गाउँपालिकाका ३९ वर्षीय एक पुरुष निको भएर घर फर्किएका हुन् ।
यस्तै बडीगाड गाउँपालिकाका दुई जना २५ वर्षीय पुरुष, ३९, ३२ र २२ वर्षीय तीन जना पुरुष, बरेङ गाउँपालिकाका १८ र २३ वर्षीय २ जना पुरुष निको भई घर फर्किएको अस्पतालले जनाएको छ । बागलुङमा कोरोना संक्रमितको संख्या १ सय २५ पुगेको छ । जसमध्ये १७ जना डिस्चार्ज भइसकेका छन् ।