×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘१३ प्रतिशत मूल्य अभिवृद्धि करलाई १० प्रतिशतमा झार्नुपर्छ’ : सांसद दिव्यमणि राजभण्डारी (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

‘१३ प्रतिशत मूल्य अभिवृद्धि करलाई १० प्रतिशतमा झार्नुपर्छ’ : सांसद दिव्यमणि राजभण्डारी (भिडियो रिपोर्ट)

३२ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टीमिडिया ब्यूरो
काठमाडौँ । नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले करको मान्यता विपरीत फर्निचरका उत्पादनहरुमा अन्तशुल्क लगाइएको बताएका छन् । यस्तै नागरिकले उपभोग गर्ने वस्तुहरुमा मूल्य अभिवृद्धि कर हटाउने गरी आर्थिक विधेयक संशोधन गर्नुपर्ने बताए । 
जनतालाई राहत दिन हाल कायम रहेको १३ प्रतिशत मूल्य अभिवृद्धि करलाई १० प्रतिशतमा झार्नुपर्ने उनले बताए ।उनले न्यून आय भएका कर्मचारीको खरिद क्षमता घटेकाले आयकर हटाउनुपर्ने माग गरेका छन् । ‘आज कर्मचारीहरु सबैको विभिन्न आय भत्ता सबै घटाइदिएको छ । सरकारी कर्मचारीको आय घटेपछि स्वतः निजी क्षेत्रका कर्मचारीहरुको आय पनि घट्न जान्छ । अहिलेको जुन परिस्थिति छ त्यसले गर्दा सबै कर्मचारीहरुको खरिद गर्न सक्ने क्षमता पनि घट्दै गइरहेको छ । तसर्थ थ्रेस होल्ड छ साढे चार लाखसम्म आयकर नलाग्ने व्यवस्था होस भन्ने मैले आफ्नो संशोधन प्रस्ताव राखेको छु ।’ उनले भने । हेर्नुहोस् भिडियो : 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: