×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अवैध रुपमा भारत लैजाँदै गरेको डिजेलसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

LAXMI SUNRISE BANK

अवैध रुपमा भारत लैजाँदै गरेको डिजेलसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

४ असार २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । भारततर्फ तस्करी गरी लैजाँदै गरेको अवस्थामा एक हजार लिटर डिजेल पर्सा प्रहरीले बरामद गरेको छ ।
ना १ त ४५४३ नम्बरको ट्याक्टरमा लोड गरी अवैध रुपमा लैजाँदै गरेको अवस्थामा उक्त परिमाणको डिजेलसहित ट्याक्टर नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले छिपहरमाई गाउँपालिका–३ स्थित जयमंगलापुरबाट डिजेलसहित करिब ३ लाख ७३ हजार मूल्य बराबरको सामान बरामद गरेको हो ।
छिपहरमाई गाउँपालिका–५ बस्ने २३ वर्षीय ट्याक्टर चालक सन्तोष पटेललाई समेत नियन्त्रणमा लिएर बरामद गरिएका डिजेलसहितको सामानलाई आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी