Skip to content
LAXMI SUNRISE BANK

कोरोनालाई जित्नेको संख्या २३ सय नाघ्यो, पछिल्लो २४ घण्टामा ११४ जना ‘डिस्चार्ज’ !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता  
काठमाडौँ । नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या २ हजार ३३८ पुगेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ११४ जना कोरोना संक्रमित निको भएर घर फर्केको बताए।
कोरोना निको भएर घर फकनेमा  महिला ८ र पुरुष १०६ जना रहेको छ । योसँगै नेपालमा उपचारपछि  २ हजार ३३८ जना निको भएर घर फर्किसकेका छन्।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६८२८ आरटीपीसीआर परीक्षण गरिएकोमा ६२९ जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK