
- अर्थ सरोकार सम्बाददाता
भरतपुर । भरतपुर अस्पतालको आईसीयूमा मृत्यु भएका कोरोना संक्रमित बिरामीको उपचारमा संलग्न चिकित्सकलाई पनि कोरोना संक्रमण पुष्टी भएको छ। आज बिहान मृत्यु भएका ६८ वर्षीय व्यक्तिको पाँच दिनदेखि नारायणी सामुदायिक अस्पतालमा आईसीयूमा राखेर उपचार भइरहेको थियो। त्यहीं उपचारमा संलग्न रहेका चिकित्सकमा पनि कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर श्रीराम तिवारीले बताए ।
भरतपुर महानगरपालिका ११ घर भएका ६८ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टी भएपछि हिजो साँझ नारायणी अस्पतालबाट भरतपुर अस्पतालको आईसीयूमा सारिएको थियो । आईसीयूमा नै उपचार भइरहेको बिरामीलाई नारायणी अस्पतालले संक्रमण पुष्टी भएपछि समन्वय नै नगरेर अक्सिजनको भरमा भरतपुर अस्पताल पठाएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्