- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. जागेश्वर गौतमले पाएका छन् । हालै सरुवा भई आएका उनलाई समन्वय महाशाखाको जिम्मेवारीसहित प्रवक्ता तोकिएको मन्त्रालयका प्रशासन प्रमुख रघुराम विष्टले बताए ।
यसअघि उनी परोपकार प्रस्तुति गृह तथा स्त्री रोग अस्पतालका प्रमुख थिए । यसअघिका प्रवक्ता डा. विकास देवकोटालाई भने मन्त्रालयले गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिएको छ ।