- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अमेरिकामा स्थायी बसोबासको अनुमति प्राप्त हुने डिभी चिट्ठाको नतिजा सार्वजनिक भएको छ । बिगतमा मे मा नतिजा सार्वजनिक हुँदै आएको नतिजा यसपटक कोभिड १९ का कारण ढिला गरि सार्वजनिक भएको हो । कन्फर्मेसन नम्बर प्रयोग गरी https://www.dvlottery.state.gov/ मा नतिजा हेर्न सकिने समेत दूतावासले जानकारी दिएको छ । यदि तपाईंले सो नम्बर बिर्सनुभएको छ भनेपनि “Forgot Confirmation Number” मा क्लिक गरी मागेको विवरण दिएर नतिजा हेर्न मिल्ने दूतावासले जनाएको छ।
‘डिभीका सम्बन्धमा फोन या इमेलबाट गरिने सबै किसिमका सोधपूछहरु ग्राहक सेवा केन्द्रमा गर्नुपर्नेछ,’ दूतावासले सूचित गरेको छ। अमेरिकामा रहेका नेपालीले ९७०३०९८८(३४२८ मा सम्पर्क गरी सोधपूछ गर्न सक्ने पनि दूतावासको सूचनामा उल्लेख छ। दूतावासले डिभी विजेताहरुलाई सफल भएको जानकारी गराएको भन्दै कुनै इमेल नपठाउने तथा भिसा अन्तर्वाताको लागि अग्रिम शुल्क बुझाउन कुनै पनि व्यहोराको इमेल, चिट्ठी या अन्य अनुरोध नपठाउनेसमेत दूतावासले जानकारी दिएको छ।
यसरी हेर्नुहोस ईडीभी नतिजाः
१. https://dvprogram.state.gov/ लिंक खोल्नुहोस्
२. Check Status मा क्लिक गर्नुहोस्
३. Continue मा क्लिक गर्नुहोस्
४. त्यहा मागिएको बिवरणहरु भर्नुहोस्
५. दिइएको CAPTCHA टाइप गरि Submit बटन थिच्नुहोस्
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्