Skip to content
LAXMI SUNRISE BANK

कोरोनाले नेपालको विकास दर १.८% ले घट्ने, विश्व अर्थतन्त्रमा दोस्रो विश्वयुद्धपछिकै ठूलो मन्दी

अर्थ सरोकार

काठमाडौँ । विश्व बैंकले कोरोनाभाइरस महामारीका कारण नेपालका विकास दर १.८ प्रतिशतले घट्ने प्रक्षेपण गरेको छ।
विश्व बैंकका अध्यक्ष डेबिड मालपासद्वारा सोमबार जारी ग्लोबल इकोनोमिक प्रोस्पेक्टको भूमिकामा यस्तो प्रक्षेपण गरिएको हो। महामारी नियन्त्रणका लागि गरिएको लकडाउनबाट अर्थतन्त्र ठप्प हुँदा नेपालको विकास दर १.८ घट्ने विश्व बैंकले प्रक्षेपण गरेको छ। 
विश्व बैंकले समग्र दक्षिण एसियाको अर्थव्यवस्थामा भने २.७ प्रतिशतको गिरावट आउने जनाएको छ। जसमा भारतको विकास दर २.७ प्रतिशत घट्ने अनुमान गरिएको छ। त्यस्तै पाकिस्तान विकास दरमा २.६, आफगानिस्तानको ५.५ र बंगलादेशको १.६ प्रतिशतको गिरावट आउने विश्व बैंकले जनाएको छ। 
यसैगरी विकसित देशको अर्थव्यवस्था ७ प्रतिशतले घट्ने विश्व बैंकको प्रक्षेपण छ। यस्तै विकासशील देशहरुको अर्थव्यवस्थामा २.५ प्रतिशतको गिरावट आउने अनुमान गरिएको छ । विश्व बैंकले विश्व अर्थव्यवस्थामै भने दोस्रो विश्व युद्धपछिकै सबैभन्दा ठूलो आर्थिक मन्दी आउने जनाएको छ। 
यो वर्ष विश्व अर्थव्यवस्थामा ५.२ प्रतिशतको गिरावट आउने विश्व बैंकको प्रक्षेपण छ। ‘सन् १८७० पछि यो पहिलोपटक हुनेछ कि कुनै महामारीबाट विश्व अर्थव्यवस्थामा मन्दी आएको छ’, अध्यक्ष मालपासले भनेका छन्। – एजेन्सी
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK