×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल विद्युत् प्राधिकरणलको माेबाइल एप सञ्चालनमा, अब विद्युतका सम्पूर्ण कारोबार माेबाइल एपबाटै गर्न सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेपाल विद्युत् प्राधिकरणलको माेबाइल एप सञ्चालनमा, अब विद्युतका सम्पूर्ण कारोबार माेबाइल एपबाटै गर्न सकिने

Artha Sarokar

२६ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले आफ्नो मोबाइल एप्लिकेसन सञ्चालनमा ल्याएको छ । विद्युत सेवालाई छरितो, गुणस्तरीय र आधुनिक बनाउन प्राधिकरणले साे एप सञ्चालनमा ल्याएकाे बताएकाे हाे ।
प्राधिकरणका अनुसार अब ग्राहकले आजदेखि साे एप प्रयोग गरेर सम्बन्धित कार्यालय तथा शाखासमक्ष गुनासो वा समस्या राख्न सक्ने छन् । साे एपमार्फत विद्युत सम्बन्धि समाचार, अनलाइन पेमेन्ट सिस्टम, आवश्यकता, बिल पेमेन्ट इन्क्वायरी, डिसिएस कन्ट्र्याक्ट, सेल्फ मिटर रिडिङ, नो लाइट र कम्प्लेन सेक्सन सम्बन्धि जानकारी लिन सक्नेछन् ।
साथै, प्राधिकरणका अन्य गतिविधि, वार्षिक प्रतिवेदन, सूचना लगायत सामग्री वेबसायटमा जस्तै हेर्न सकिनेछ । अब ग्राहकले साे एप प्रयाेग गर्नकाे लागि प्राधिकरणको वेबसाइट वा गुगल प्लेस्टोरमा गएर एप डाउनलोड गर्न सक्नेछन् । वेबसाइट खोलेपछि फोटो देखिने ठाउँको दाँहिनेतर्फ एनइए एन्ड्रोइड एप क्लिक गरेर आफ्नो मोबाइलमा डाउनलोड गर्न सकिनेछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी