
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । सातै प्रदेशमा आज के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले पोखराको एभरेष्ट बैंकको शाखा कार्यालयमा बिहीबार सेवाग्राहीको भीडदेखि सप्तरीका पहिलो सङ्क्रमित डाकनेश्वरी नगरपालिका–३ हटेलका १८ वर्षीय युवकलाई आइसोलेशनबाट डिस्चार्ज गरी घर पठाउँदै राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सक एवंम् स्वास्थ्यकर्मीसम्मका दृश्यको फोटो समाचार समेटेका छौं ।
हेरौं सातै प्रदेशका फोटो समाचार :
पोखराको न्यूरोडस्थित एभरेष्ट बैंकको शाखा कार्यालयमा बिहीबार सेवाग्राहीको भीड । बन्दाबन्दीमा बैंकको एउटा मात्र शाखा कार्यालय सञ्चालनका कारण भीड भएको हो ।

सप्तरीका पहिलो सङ्क्रमित डाकनेश्वरी नगरपालिका–३ हटेलका १८ वर्षीय युवकलाई आइसोलेशनबाट डिस्चार्ज गरी घर पठाउँदै राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सक एवंम् स्वास्थ्यकर्मी ।

गुलरिया नगरपालिका–९ का किसानले नङ्ग्याएर खेतमा सुकाएको बसन्ते मकै । अहिले किसानलाई मकै भित्र्याउन चटारो छ ।

विसं २०४८ मा बुटवल पावर कम्पनीले अधिग्रहण गरेको प्यूठान नगरपालिका–१ खैरामा रहेको बाँझो जमीनमा धानखेतीका लागि खनजोत गर्दै कृषक ।

कञ्चनपुरको राष्ट्रिय माध्यमिक विद्यालयको क्वारेन्टिनमा बस्दै आएका नागरिकको आरडिटीका लागि रगतको नमूना लिँदै स्वास्थ्यकर्मी । भारतबाट फर्केर १४ दिन क्वारेन्टिन बस्दा कोभिड–१९ को रिपोर्ट नेगेटिभ आएपछि घर पठाइन्छ ।

विदेशबाट फर्किएका नेपालीलाई राख्न भक्तपुरमा बनाइएको होल्डिङ्ग सेल्टर आसपासका स्थानीयवासीलाई कोरोनाको जोखिमरहित सेन्टर रहनेबारे जानकारी गराउँदै भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे ।

भारतबाट स्वदेश फर्केका नेपाली सूर्यविनायक नगरपालिकाले तयार गरेको क्वारेन्टिनमा । विदेशबाट फर्केका नगरवासीलाई १४ दिन क्वारेन्टिनमा राखी कोभिड १९ को रिपोर्ट नेगेटिभ आएपछि मात्र घर पठाइन्छ ।

गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा रहेको शाक्य पुष्करिणीको मर्मत गर्दै कामदार । लुम्बिनी विकास कोषले लामो समयपछि पोखरीलगायतको संरक्षणको काम शुरु गरेको हो ।

कृषि ज्ञान केन्द्र तनहुँले पचास प्रतिशत अनुदानमा तनहुँको भानु नगरपालिका–२, ४, ५ र ६ का कृषकलाई वितरण गरेको हाते ट्रयाक्टर । धानखेती गर्ने २६ कृषकलाई ज्ञान केन्द्रले अनुदानमा ट्रयाक्टर वितरण गरेको हो ।

उदयपुरको सदरमुकाम गाईघाट क्षेत्रमा मकैको बोटमा कीटनाशक औषधि छर्किँदै किसान । बोट कीराले खान थालेपछि किसान चिन्तित भएका छन् ।

जाजरकोट भेरी नगरपालिका –१२ बारेलास्थित खोप केन्द्रमा खोप लगाउन बिहीबार बालिबालिकालाई लिएर आएका अभिभावक ।

गण्डकी प्रदेशसभाको बिहीबार बसेको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रस्तुत नीति तथा कार्यक्रमको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै ।

म्याग्दीको सदरमुकाम बेनीमा खाजाका लागि झिनियाँ बनाएर सुकाउँदै महिला । कोसेलीका रुपमा प्रयोग हुने झिनियाँ खान मीठो र पकाउन सजिलो परिकार हो ।

स्थानीय सरकार र सीड संस्थाले वितरण गरेको राहत लिएर बसेका दङ्गीशरण गाउँपालिका–३ का ज्येष्ठ नागरिक, एकल महिला र सुत्केरी ।

निर्माण सम्पन्न डोटीको दिपायल विमानस्थलको धावनमार्ग । धावनमार्ग संघीय सरकारको बजेटबाट स्तरोन्नति गरिएको हो ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्