×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

Exclusive : यहि हो ‘त्यो नक्कली लालपुर्जा’ जसलाई देखाएर राष्ट्रिय बाणिज्य बैंकबाट १ करोड बढी ऋण प्रवाह भयो…!

  • अर्थ सरोकार प्रदेश नम्बर ५ ब्युरो 
बाँके । नाम :अहमद जसगढ । ठेगाना: हाल नेपालगंज । व्यवसायी : सुनचाँदी व्यवसायी गर्ने । उनी हुन् जसगढ जसले नक्कली लालपुर्जा देखाएर राष्ट्रिय बाणिज्य बैंकबाट १ करोड १५ लाख रुपैयाँ कर्जा लिए । राष्ट्रिय वाणिज्य बैंकको नेपालगञ्ज शाखाबाट २०७६ मंसिर २२ गते ५० लाख र २०७७ जेठ २५ गते ७५ लाख गरी १ करोड २५ लाख रकम निकालेका थिए । तर २०७७ साल असारमा उनी पक्राउ परे । बैंकको लेखापरीक्षण समूहले नक्कली कागजातका आधारमा ऋण प्रवाह भएको आशंकामा बैंकलाई यस विषयमा अनुसन्धान गर्न भनेको थियो । बैंकले त्यसपछि कागजात भेरिफाइ गर्यो । नभन्दै उनले बैंकमा राखेको लालपुर्जा नक्कली रहेछ ।     
सबैजसो कागजात नक्कली !
नेपालगञ्जका सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढले जग्गाको लालपुर्जामात्र होइन, नक्सा, कर तिरेको रसिदसहितका कागजपत्रहरू नक्कली बनाएका थिए । यतिसम्मकि उनले सरकारी छाप, सरकारी कर्मचारीको हस्ताक्षर लगायत सबै डकुमेन्ट किर्ते गरेर आफैं बनाएका थिए । उनले त्रिभुवन चोक शाखाका प्रबन्धक ललितबहादुर शाहीसँग मिलेर यस्तो काम गरेको प्रारम्भिक बयान दिएपछि प्रहरीले नीज शाहीलाईसमेत पक्राउ गरेको छ । प्रहरीको अनुसन्धानमा निजले धितोको रुपमा पेश गरेका ४ वटा लालपुर्जामध्ये २ वटा लालपुर्जा नै नक्कली भएको र १ वटा लालपुर्जामा क्षेत्रफल बढाएर किर्ते गरेको खुलासा भएको छ । साथै व्यवसायी गसगढले बैंकमा पेश गरेको सक्कली जग्गाको बजार मूल्य करिब ४ लाख २४ हजार मात्रै भएको तथ्यसमेत खुलेको छ।
अन्य ६ बैंकलाई पनि ठगेका छन् जसगढले 
यसो त उनको ठगीको सिकार हुने बैंक राष्ट्रिय बाणिज्य बैंकमात्र होइन । उनले राष्ट्रिय बाणिज्य बैंकसहित अन्य ६ बैंकलाई ठगेको पाइएको छ । प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ । उनले कुन कुन बैंकलाई कसरी ठगे भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । उनलाई बैंकिङ कसुरअन्तर्गत मुद्धा दायर गर्ने तयारीमा प्रहरी छ ।      
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: